प्रभु हस्पिटलमा फागुन ४ गते देखि स्वास्थ्य शिविर हुने
प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर वीरगंजले यहि फागुन ४ गते देखि ९ गते सम्म स्वास्थ्य शिविर गर्ने जनाएको छ ।
हस्पिटलले अस्पताल प्रागंनमा पत्रकार सम्मेलन गरी बिहान १० बजे देखि २ बजे सम्म अस्पताल परिसरमैै शिविर संचाल्न गर्ने जनाएको हो ।
पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष एवं सर्जन डा. मनोज कुमार गुप्ताले शिविरबाट निम्न आय भएका व्यक्तिहरु बढी लभान्वित हुने बताउनुभयो । डा. गुप्ताले फागुन ४ गते बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. राधा भट्टराई, फिजिसियन डा. उदयनारायण सिंह, डा.महेश्वर प्रसाद कुर्मी, फागुन ५ गते बरिष्ठ हाडजोर्नी तथा नशारोग बिशेषज्ञ डा. रविन्स कुमार साह, डा. चन्द्रभुषण यादव, फागुन ६ गते बरिष्ठ बाल तथा नवजात शिशुरोग बिशेषज्ञ डा.रैफुल आलम, डा.प्रविन कुमार सिंह, डा. श्यामबाबु साह, डा.अमित ठाकुर, फागुन ७ गते बरिष्ठ नाक, कान, घाँटी रोग बिशेषज्ञ डा. बिद्यान कोइराला र डा. राम प्रधान, फागुन ८ बरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. लक्ष्मी थापा गुप्ता, डा. बिरेन्द्र भगत र फागुन ९ गते बरिष्ठ सर्जन डा. मनोज कुमार गुप्ताले चेकजाँच गर्ने जानकारी गराएको छ ।
शिविर अवधिभरी ओपिडिमा ५० प्रतिशत, एक्सरे, भिडियो एक्सरे ल्याव सहित अप्रेशनमा २० प्रतिशत र औषधिमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
पत्रकार सम्मेलनमा अस्पतालका डाक्टर, कर्मचारीहरुको सहभागिता रहेको थियो ।